औंलाले मात्र होइन, अब आवाजबाट पनि आफ्नो फोन चलाउन सकिन्छ। आवाजकै भरमा मोबाइलले फटाफट आफ्नो निर्देशन पालना गर्नेछ। तपाईं बोल्नुहोस्, त्यही अनुसार टेक्स्ट लेखिनेछ। म्यासेज हेर्न तथा पठाउन, गीत सुन्न, फेसबुकमा स्ट्याटस राख्न मोबाइलमा औंला चलाइरहनु पर्दैन। आवाज सुनेकै भरमा मोबाइलले यी सबै काम आफैं गर्नेछ। यसका लागि आफ्नो मोबाइलमा भ्वाइस रिकोग्नाइजेसन एप्स राख्नुपर्नेछ। भ्वाइस रिकोग्नाइजेसन टेक्नोलोजीमा आधारित आइफोन फोर एसको नयाँ इन्टिलिजेन्ट असिस्टेट सीरीले यस्तो काम गर्छ। आफ्नो स्मार्टफोन वा पिसीमा पनि यस्तै एप्लिकेशन राखेर आवाजद्वारा काम गराउन सकिन्छ।
Saturday, January 28, 2012
ग्यालेक्सी ड्युल सिम स्मार्टफोन
दुईवटा सीमकार्ड प्रयोग गर्न मिल्ने सामसुङको ग्यालेक्सी स्मार्टफोन बजारमा आएको छ। ग्यालेक्सी एस २ ड्योस मोडलले सिडीएमए तथा जीएसएम नेटवर्क सपोर्ट गर्छ। यसमा ४ दशमलव ५२ इन्चको अमोल्ड डिस्प्ले स्क्रिन छ। यसमा राम्रो पर्फमेन्सका लागि एन्ड्रोइड अपरेटिङ सिस्टम छ, जसले १ दशमलव २ गिगाहर्जको ड्युल कोर प्रोसेसरमा रन गर्छ।
सेक्सी कम्प्युटर ह्याकर
नीलो आँखा र आकर्षक अनुहारकी धनी यी सुन्दरीको कु-नियतका सम्बन्धमा सायदै कसैले अनुमान गर्लान्। शारीरक बनौट र रूपरंगका हिसाबले उनी कुनै मोडल हुन् भन्ने लाग्न सक्छ। यद्यपी यी सुन्दरी हुन् कम्प्युटर ह्याकर। क्रिस्टिना स्विकचिनकाया नामकी यी युवतीले बि्रटिस र युएस व्याङ्कबाट अनलाइन ह्याक गरी करोडौं रुपैयाँ घोटाला गरेको पाइएको छ। २१ वर्षीया रसियन विद्यार्थी क्रिस्टिनालाई विश्वकै सवैभन्दा राम्री ह्याकरको कोटीमा राखिएको छ।
कसरी सिक्ने वेब डिजाइनिङ ?
नरेन्द्र रौले
साधारणतया व्यावसायिक रूपमा काम गर्नेहरूका दुईवटा बाटा हुन्छन्, कुनै आइटी कम्पनीमा जागिर खाने वा घरमै बसेर स्वतन्त्र रूपमा (फ्रिल्यान्सिङ) काम गर्ने। निजी र व्यावसायिक प्रयोजनका लागि वेबसाइट बनाउनु एउटै कुराजस्तो लागे पनि कुरा अलिकति फरक छ।
राम्रो वेबसाइट देख्दा तपाईंलाई लाग्दो हो, क्या दामी रै' छ। आकर्षक डिजाइन, चिटिक्क पारेर सजाइएका कन्टेन्ट, सुहाउँदो रंग देख्दा यस्तो लाग्नु स्वाभाविक हो। कतिलाई लाग्दो हो, मेरो पनि यस्तै वेबसाइट भैदिए हुन्थ्यो। त्यसो भए, राम्रा वेबसाइट कसरी डिजाइन गर्ने ?

Tuesday, November 1, 2011
स्मार्टफोनमा सामसङले एप्पललाई उछिन्यो
लन्डन (एजेन्सी) - एप्पलको अग्रतालाई चुनौती दिँदै आएको सामसङले अन्ततः स्मार्टफोन बजारमा पहिले स्थान कायम गरेको छ । सन् २०११ को जुलाईदेखि सेप्टेम्बर महिनासम्मको तथ्याङ्कअनुसार सामसङ विश्वकै सबैभन्दा बढी स्मार्टफोन बिक्री गर्ने कम्पनी बनेको हो ।
ट्याब्लेट वार
सन् २०१० अप्रिल ३ विश्वको सूचनाप्रविधि क्षेत्रमा नयाँ तरङ्ग लिएर आएको थियो । त्यस दिन अमेरिकी कम्पनी 'एप्पल इङ्क'का अध्यक्ष तथा तत्कालीन कार्यकारी प्रमुख स्टीभ जब्सले सिलिकन भ्यालीमा आयोजित एक कार्यक्रममा 'आइप्याड वन' हातमा लिँदै डेक्सटप कम्प्युटरको युग समाप्त हुन लागेकोतर्फसङ्केत गरेका थिए । 'आइप्याड वन' एप्पल इङ्कद्वारा उत्पादित पहिलो टयाब्लेट कम्प्युटर हो ।
निजीस्तरबाट सुदूरपश्चिममा सञ्चार क्रान्ति
नवराज भण्डारी
डडेल्धुरा - सरकारीस्तरबाट सूचना प्रविधिको विकास गति सुस्त भए पनि निजीस्तरबाट गरिएको लगानी तथा प्रयासबाट दूरदराजका सर्वसाधारणले प्रत्यक्ष लाभ लिएका छन् । विगतदेखि राज्यको विकास दृष्टि पुग्न नसकेको पश्चिम नेपालको सुदूरपश्चिम हिजोआज सञ्चार क्रान्तिको अभियानमा लागि परेको छ ।
आईएसपीको पहुँच २ प्रतिशतमात्रै
सरस्वती ढकाल
काठमाडौं - डाटा सेवा सञ्चालन गर्ने अनुमति पाएका इन्टरनेट सेवाप्रदायक (आईएसपी)हरूको पहुँच कुल जनसंख्याको २ प्रतिशमा सीमित रहेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । तथ्यांकमा नेपालमा इन्टरनेट सेवा प्रयोग गर्ने धेरै देखिए पनि वास्तविक रूपमा इन्टरनेट सेवामाथि सर्वसाधारणको पहुँच अझै पुग्न नसकेको देखिएको हो ।

नेपालमा मोबाइल सेवाप्रदायक कम्पनीले जीपीआरएस सेवा दिन थालेकाले मात्रै इन्टरनेट सेवा लिनेको संख्या बढी देखिएको हो । नेपालका करिब ४८ प्रतिशत जनसंख्यामा साधारण टेलिफोन र मोबाइलको पहुँच पुगेको छ । यसमध्ये डाटा सेवा प्रयोगकर्ताको संख्या ११ प्रतिशत छ ।
सिकाइमा सहायक डिजिटल प्रविधि
एक पेनीमै मोबाइल फोन
एक पेनी (अमेरिकी डलरको सबैभन्दा सानो एकाइ)मै मोबाइल फोन आउने कुरा अपत्यारिलो लाग्न सक्छ । कुनै पनि मानिसको मस्तिष्कले एक पेनीमा मोबाइल फोन, त्यो पनि अत्याधुनिक स्मार्टफोन खरीद गर्न सकिन्छ भन्ने सोच्नै सक्दैन । तर, यो अपत्यारिलो कुरालाई सत्य बनाएको छ— ई–कमर्श तथा अनलाइन शपिङ कम्पनी ‘अमेजोन’ले । प्रतिस्पर्धी एप्पल इङ्कले आईफोन सिरिजको नयाँ स्मार्टफोन–आईफोन फोरएस बजारमा ल्याएपछि अमेजोनले आफूले विक्री गरिरहेका ‘एण्ड्रोइड अपरेटिङ सिष्टम’मा चल्ने मोबाईलहरु को बिक्री गर्ने घोषणा गरेको छ ।
Subscribe to:
Posts (Atom)